You are viewing the translated version of जीवनाशक विषादी प्रयोग तथा सुरक्षाको मापदण्ड.
Rule 18
जीवनाशक विषादी प्रयोग तथा सुरक्षाको मापदण्ड
(१) जीवनाशक विषादीको जथाभावी प्रयोग हुन नदिनको लागि त्यसको बिक्री गदकि अवस्थामा बिक्रेताले जीवनाशक विषादीको खरिदकर्तालाई देहायको विषयमा जानकारी गराउनु पर्नेछ:-
(क): जीवनाशक विषादी प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, प्रयोग गर्ने तरिका र त्यसको मात्रा,
(ख) जीवनाशक विषादीको जथाभावी प्रयोगबाट पर्न सक्ने असर र यसको दुरुपयोगबाट हुन सक्ने खतरा,
(ग) सावधानीपूर्वक प्रयोग गर्दा पनि कुनै दुर्घटना भएमा अपनाउनु पर्ने उपायहरू,
(घ) कुनै बाली वा उपजमा जीवनाशक विषादी प्रयोग गरेपछि त्यस्तो बाली वा उपज खान वा प्रयोग गर्न नहुने अवधि, र
(ङ) अपनाउनु पर्ने सुरक्षात्मक उपायहरू बारेका अन्य आवश्यक वबिषयहरू।
(२) जीवनाशक विषादीबाट हुन सक्ने सम्भावित जोखिम र असरलाई न्यूनीकरण गर्न जीवनाशक विषादीको उत्पादन, संश्लेषण, प्याकिङ्ग वा पुनः प्याकिङ्ग, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार वा विसर्जन गर्दा सम्पर्कमा रहने व्यक्ति वा व्यवसायीले देहाय बमोजिमका /सुरक्षात्मक उपाय अपनाउनु पर्नेछ: क
(क) कार्यस्थलमा सबैले देख्ने स्थानमा प्राथमिक उपचार र उद्धार सामग्रीको व्यवस्था गर्ने,
(ख): जीवनाशक विषादीको भण्डारण गर्ने स्थानको भुई तथा भित्ता जीवनाशक विषादी सोस्न नसक्ने गरी ढलान गरिएको, पानी चचुहिने, हावा आवतजावत गर्ने, झ्याल भएको र अनुसूची-१० बमोजिम जीवनाशक विषादीको खतराको चिन्ह राखिएको हुनुपर्ने;
(ग) जीवनाशक विषादी ढुवानी गर्ने साधनमा खाद्यान्न, पशु दाना, औषधी वा अन्य वस्तु राख्न नहुने,
(घ) कुनै पनि जीवनाशक विषादीलाई अन्य भाँडोमा खन्याएर राख्न वा बिक्री गर्न नहुने,
(ङ) जीवनाशक विषादी बिक्री कक्षमा बालबालिकाको प्रवेशलाई निषेध गर्ने तथा बालबालिका मार्फत वा बालबालिकालाई त्यस्तो जीवनाशक विषादी बिक्री वितरण नगर्ने,
(च) जीवनाशक विषादीको प्रयोग गर्दा सूचकपत्रमा निर्दिष्ट गरे बमोजिमको सावधानी तथा सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने,
(छ) जीबनाशक विषादीको प्रयोग गर्दा वातावरणमैत्री हुनुपर्ने र मानिस, पशुपन्छी तथा मौरी लगायतका लाभदायक किरालाई तुलनात्मक रूपमा कम हानी गर्ने पञ्जीकृत जीवनाशक विषादीमात्र प्रयोग गर्नु पर्ने,
(ज) जीवनाशक विषादीको बिक्रेताले रातो र पहेंलो सङ्केत भएका घातक जीवनाशक विषादी बिक्री गर्दा अनिवार्य रूपमा खरिदकर्ताको अभिलेख राख्नु पर्ने,
(झ) जीवनाशक विषादी छर्केको स्थानमा मौरीको आवतजावत हुन नदिन मौरी पालकलाई अग्रिम सूचना दिनु पर्ने,
(ज) जीवनाशक विषादी पोखिएमा विषादी धुलो वा ठोस अवस्थामा भए पोखिएको मात्राको दुई गुणा बढी बालुवा, सुख्खा, माटो वा काठको धुलोले छोप्ने तथा कुचोको मद्दतले सम्पूर्ण पोखिएको वस्तु उठाएर पानीको मुहान नभएको र मानिस वा चौपाया -नजाने सुरक्षित स्थलमा कम्तीमा पचास से.मी. गहिराइको खाडलमा पुर्नु पर्ने,
(ट) _ सुरक्षात्मक सामग्री बिक्रीमा राख्दा अनिवार्य रूपमा जीवनाशक विषादीसँग सम्पर्क नहुने तवरले छुट्टै क्याबिनमा राख्नुपर्ने,
(ठ) जीवनाशक विषादी छर्कको वा प्रयोग गरिएको जानकारी तथा अपनाउनु पर्ने सावधानीको सूचना जीवनाशक विषादी छर्केको वा प्रयोग गरिएको स्थानमा कम्तीमा पनि केन्द्रले निर्धारण गरेको अवधिसम्म राख्नु पर्ने,
(ड) अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक, दीर्घ रोग लागेका व्यक्तिलाई जीवनाशक विषादीको सम्पर्कबाट टाढा राख्ने,
(ढ) उत्पादक वा पैठारीकर्ताले इजाजतपत्र प्राप्त. व्यक्ति, संस्था वा निकाय बाहेक. अन्य व्यक्ति, संस्था वा निकायलाई जीवनाशक विषादीको कारोबार गर्ने गरी जीवनाशक विषादीको बिक्री वितरण नगर्ने,
(ण) विद्युतीय बजार तथा सामाजिक सञ्जालको प्रयोग गरी जीवनाशक विषादीको प्रचार प्रसार तथा बिक्री वितरण गर्न नपाइने ।
(३) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, प्याकिङ्ग तथा पुनः प्याकिङ्ग गर्ने उद्योग वा व्यावसायिक फर्मले जीवनाशक विषादीको सम्पर्कमा रही काम गर्ने कामदारको लागि समितिले निर्धारण गरेको रकममा नघट्ने गरी दुर्घटना तथा जीवन बीमा गराउनु पर्नेछ ।
(४) जीवनाशक विषादीबाट सुरक्षित हुन अवलम्बन गरिने “कार्य गर्नु त्यस्तो जीवनाशक विषादीको उत्पादन, संश्लेषण, प्याकिङ्ग वा पुनः प्याकिङ्ग, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण तथा ओसारपसार गराउने व्यक्ति र संस्था वा निकाय भए त्यस्तो संस्था वा निकायको प्रमुख भई काम गर्ने व्यक्तिको जिम्मेवारी हुनेछ।